आज गरिमा विकास बैंकको साधारण सभा
काठमाडौं । गरिमा विकास बैंकको साधारण सभा आज चैत १८ गते शुक्रबार बस्दैछ । सभा होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १६ प्रतिशत बोनस दिने प्रस्ताव पेश गर्दैछ ।
बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेपश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर घोषणा गरेको हो । यसर्थ, बैंकले ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
यसमा कात्तिक २८ गतेसम्म कायम सेयरधनीलाई कर छुट हुने छ भने त्यसपछि सेयर खरिद गर्ने लगानीकर्ताले नियम अनुसार कर तिर्नुपर्छ । सभा प्रयोजनका लागि बैंकले चैत ४ गतेदेखि बुक क्लोज गरेको छ । चैत ३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
त्यस्तै, ५१ प्रतिशत संस्थापक सेयर स्वामित्व हुनुपर्ने व्यवस्था अनुसार अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सहारा विकास बैंकलाई प्राप्ति गरेपछि संस्थापक सेयरको हिस्सा ५ १प्रतिशत पुग्न उक्त कित्ता सेयर आवश्यक हुन्छ ।
बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न–गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ छ । आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ ।


























