citizens life insurance long ad
stcnepal long ad

बुधबारबाट १ लाख २० हजार कित्ता कर्पोरेट डेभलमेन्ट बैंकको सेयर लिलामीमा आउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले चैत १६ गते बुधबारबाट १ लाख २० हजार १२० कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद चैत २४ गतेसम्म रहेको छ । बैंकले यसअघि गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म ३० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याउन लागेको हो । यस बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गरेको छ ।

IME Life
kumari