१७ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
Nepal Rastra Bank
काठमाडौं । १७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले जारी गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले भोलि मंगलवारदेखि जारी हुने उक्त ट्रेजरी बिलका लागि आज सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब र ९१ दिनको लागि ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
त्यसैगरी बैंकले १८२ दिनका लागि ३ अर्ब र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।






















