stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा क्याम्पसलाई गमला वितरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाइ आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिर्दै यस महालक्ष्मी विकास बैङ्कको बेलौरी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाइ १७० थान गमला सहयोग गरेको छ । क्याम्पस प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच क्याम्पसलाई गमला प्रदान गरेको कुरा महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक राम बहादुर विकले जानकारी गराउनुभयो ।

क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पुर्‍याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताउनु भयो ।

उक्त गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फुलका गमला दिइ सहयोग गरेकोमा महालक्ष्मी विकास बैङ्कले गरेको कार्यको खुलेरै प्रसंशा गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari