stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

विगत २७ वर्ष देखि अनवरत रुपमा गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित श्री अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।

यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको कुरा पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक श्री किरण घिमिरेले जानकारी गराउनुभयो ।

एक विशेष कार्यक्रमका बिच उक्त विज्ञान प्रयोग शालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो । महालक्ष्मी विकास वैंक ले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपाल भर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने कुरा जनाएको छ ।

साथै, बेंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्घी खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५५ रहेको यस खाता न्युनतम मौज्दात रु ५१ मा नै खोल्न सकिने छ ।

यसमा रु ५लाख सम्मको दुर्घटना विमा, निशुल्क मोवाइल वैकिङ्ग , निशुल्क एटिएम कार्ड, निशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card  जारी गरीसकेको छ ।

prabhu mahalaxmi
kumari