महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा फागुन १३ गते
काठमाडौं । यसअघि दुई पटक स्थगित भएको महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा अब शुक्रबार फागुन १३ मा बस्ने भएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
साधारण सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा बैंकको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न–गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ छ । बैंकको आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ । सभा प्रयोजनको लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ । यसअघि बैंकको पुस २५ र माघ ३ गते बस्ने भनिएको दुवै पटकको सभा स्थगित भएको भएको थियो ।






















