राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा लगानी गर्नेलाई कारबाही गर्ने
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सीमा कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्रहरीले केही दिनअघि यस्तो कारोबारमा संलग्न पक्राउ परेपछि छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई अभौतिक मुद्रारक्रिप्टोकरेन्सीमा कारोबार गर्ने तथा त्यस्ता अभौतिक मुद्रासँग सम्बन्धित हाइपर फन्डमा लगानी गर्ने काम भइरहेको सूचना आएकाले ध्यानाकर्षण भएको केन्द्रीय राष्ट्र बैंकले जनाएको छ।
नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा अभौतिक मुद्रारक्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएको सन्दर्भमा यस्ता वित्तीय औजारमा लगानी र कारोबार गर्दा सर्वसाधारण ठगिने तथा अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने जोखिम रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले नेपाली तथा नेपालभित्र बसोबास गर्ने विदेशी नागरिक एवं विदेशमा बस्ने नेपालीले समेत यस्तो अवैध कारोबार र व्यवसायमा संलग्न भएको पाइएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
पछिल्ला वर्षमा नेपालीले पनि अभौतिक मुद्रारक्रिप्टोकरेन्सीमा लगानी र कारोबार बढाइरहेका छन्। नेपालमा कानूनी मान्यता नपाए पनि विभिन्न तरिकाले विदेशमा मुद्रा पठाएर यस्तो कारोबार गर्नेको संख्या बढिरहेको सूचना राष्ट्र बैंकमा पुगेको हो ।



























