citizens life insurance long ad
stcnepal long ad

पुस मसान्तसम्म २४२६७ ऋणीले पुनर्कर्जा पाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजारभन्दा बढी ऋणीले १ खर्ब ६ अर्ब रुपैयाँ बढी पुनरकर्जा पाएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको हुन्। पुनरकर्जा ग्राहकको मूल्यांकनका आधारमा विशेष र साधारण गरी १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने एकमुष्ठ कर्जामा २ हजार ९ सय ६० शाखाबाट २४ हजार १ सय ६५ ऋणीहरुलाई कुल ९२ अर्ब ४६ करोड रुपैयाँ पुनरकर्जा प्रवाह गरिएको केन्द्रीय बैंकले जनाएको छ।

साना, लघु तथा घरेलु उद्योग उद्यमशीलता पुनरकर्जा शीर्षकमा पुस मसान्तसम्म ९ हजार ४ सय ८६ जना ऋणीलाई कुल ८ अर्ब १० करोड रुपैयाँ पुनरकर्जाको रकम उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ।

IME Life
kumari