citizens life insurance long ad
stcnepal long ad

नारायणटारमा प्रहरी माथि कुटपिट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्वबाट डियुटिमा खटिएका दुई प्रहरी माथि गएराती कुटपिट भएको छ। हिजो माघ ७ गते शुक्रबार मध्यराती १२:१५ बजे प्रहरीका असई र जवानलाई हातपात गरेको आरोपमा बौद्व प्रहरीले मदिरा सेवन गरेका दुई जना अशोक वाइवा र अनिल सुनुवारलाई गोकर्णेश्वर नगरपालिका–६ को नारायणटारबाट पक्राउ गरेको छ ।

हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका दुबैले अत्याधिक मापसे सेवन गरेर डिउटीमा रहेका असई दौलतविक्रम जोशी र जवान सुजन नेपालीलाई कुटपिट गरेका थिए।

शुक्रबार राती नारायणटार लामा पेट्रोल पम्प नजिकै रहेको महानगरीय ट्राफिक प्रहरीले कार्यालय अगाडी राखेको डिभाईडरलाई स्थानिय अशोक वाइबा र अनिल सुनवारले लात्ताले हानेका थिए ।

डिउटीमा रहेका असई जोशी र जवान नेपालीले उनीहरुलाई सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले दुबै प्रहरीलाई कुटेका थिए । पछि प्रहरी निरीक्षक विशाल तामाङको नेतृत्वमा आएको टोलीले प्रहरी माथि कुटपिट गर्ने दुई व्याक्तिहरुलाई पक्राउ गरि नियन्त्रणमा लिएको र घाईते भएका प्रहरीलाई उपचारका लागि अस्पताल लगेको थियो ।

घटनामा असई जोशीको बायाँ कुममा चोट लागेको छ भने जवान नेपालीको नाक भाच्चिएको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ ।

 

IME Life
kumari