citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकले सिभिल बैंकसँग मर्जर गर्न सक्ने

विशेषगरी हिमालयन बैंकले बैंक अफ काठमाण्डू लिमिटेड र सिभिल बैंक लिमिटेडसँग मर्जरको लागि कुराकानी अगाडी बढाएको बुझिएको छ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जरको सम्झौता तोडेपछि नयाँ पार्टनर खोज्न थालेको छ । यस विचमा विभिन्न बाणिज्य बैंकहरुसँग कुरा भइरहेको सो बैंक स्रोतले बताएको छ ।

पछिल्लो समयमा विशेषगरी हिमालयन बैंकले बैंक अफ काठमाण्डू लिमिटेड र सिभिल बैंक लिमिटेडसँग मर्जरको लागि कुराकानी अगाडी बढाएको बुझिएको छ । तर सवैभन्दा बढी सम्भावना भने सिभिल बैंकसँग रहेको एक सञ्चालकले बताएका छन्।

बैंकको सेयर संरचना हेर्दा पनि हिमालयन बैैंकले सिभिल बैंकसँग मर्जर गर्ने सम्भावना बलियो रहेको देखिन्छ ।

हिमालयन बैंकमा सबैभन्दा बढी सेयर हविव बैंक (२० प्रतिशत) पछि कर्मचारी सञ्चय कोषको १४.८ प्रतिशत रहेको छ । यदी हिमालयन बैैंकले बैंक अफ काठमाण्डूसँग बराबरी अनुपातमा मर्जर गरेमा नेपाल राष्ट्र बैंकको नियम विपरित कोषको सेयर स्वामित्व हुन पुग्छ ।

कर्मचारी सञ्चय कोषको बैंक अफ काठमाडुमा १४.८ प्रतिशत सेयर स्वामित्व रहेको छ । बराबरीको अनुपातमा मर्जर भएमा कर्मचारी सञ्चय कोषको सेयर २९.६ प्रतिशत हुन पुग्छ ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार कुनैपनि बैंकमा संस्थाको हकमा २५ प्रतिशत भन्दा बढी सस्थापक सेयर स्वामित्व हुनु हुदैन ।

यदी डिडिए गर्दा हिमालयन बैंकको १ः२ को अनुपातमा सेयर स्वाप रेसियो निस्कियो भने पनि कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व २२.२ पुग्नेछ । तर १ः २ को सेयर अनुपात बैंक अफ काठमाडुले मान्दैन ।

कर्मचारी सञ्चय कोषकै कारण पनि हिमालय बैंकले बैंक अफ काठमाण्डू रोज्न सक्दैन । तर सिभिल बैंक रोज्न सक्ने आधारहरु भने धेरै नै रहेको छ ।

सिभिल बैंकमा हिमालयन बैंकको दोस्रो ठूलो सेयर बोकेको कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व ८.५१ प्रतिशत मात्र रहेको छ । त्यस्तै हिमालय बैंकमा नै रहेका अर्का सेयर धनी हिमालय शमसेर राणा समुहको सेयर पनि सिभिल बैंकमा रहेको छ ।

राणा र थापा समुहले सञ्चालक गरेको आभा इन्टरनेसनल लिमिटेडको सिभिल बैंकमा ७३ लाख ५८ हजार ९३८ कित्ता सेयर रहेको छ भने राणा समुहको लगानी रहेको विजया इन्टरनेशनल प्रा.लि. को १३ लाख २० हजार ९०० कित्ता सेयर रहेको छ ।

सिभिल बैंक हिमालयन बैंकमा मर्जर गराउदा राणा, थापा समुहका साथै कर्मचारी सञ्चय कोष पनि खुसी हुने देखिन्छ । किनकी लामो समयदेखि कर्मचारी सञ्चय कोषको आँखा हबिब बैंकको सेयरमा रहेको छ । हिमालयन बैंक छोडेर पाकिस्तानको हबिब समूह फर्कन लागेको छ ।

यदी सिभिल बैंकलाई बढीमा १ः२ को अनुपातमा मर्ज गराउन सकेमा दुबै बैंक गरी कर्मचारी
सञ्चय कोषसँग १९.०५ प्रतिशत सेयर स्वामित्व हुन आउछ । जसले गर्दा कोषले हबिब बैंकको पनि बढीमा ६ प्रतिशतसम्म सेयर किन्न सक्छ ।

हुनत यसअघि पनि हिमालयन बैंकले सिभिल बैंकसँग मर्जको लागि कुराकानी अगाडी नवढाएको होइन । सो समयमा हिमालयन बैंकले सिभिललाई प्रति सेयर ३५ रुपैयाँमा गाभ्ने प्रस्ताव गरेको थियो ।

सो कुरामा सहमत भएको सिभिल बैंक पछिल्लो समयमा त्यही अनुपातमा भने मर्जमा जादैन । पछिल्लो समयमा सिभिल बैंकको आर्थिक परिसुचक बलियो हुदै गएपछि सोही अनुपातमा भने मर्जमा नजाने निश्चित छ ।

IME Life
kumari