सिद्धार्थ बैंकका २ जना संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने
काठमाडौं । सिद्धार्थ बैंकका २ जना संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । बैंकको संस्थापक पवन कुमार सरार्फ तथा रस्मी जैनले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन् ।
बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले बुधबार (माघ ५ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले माघ ५ गते बुधबारको ३५ दिनभित्र सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।






















