citizens life insurance long ad
stcnepal long ad

पुसमा निक्षेप ८७ अर्ब र कर्जा लगानी ५९ अर्ब बढयो

आज माघ ३ गते सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुबै बढेको देखिएको छ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज माघ ३ गते सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुबै बढेको देखिएको छ।

पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेप ८७ अर्ब रुपैयाँ बढेको छ। जब कि गत मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले मात्रै बढेको थियो।

पछिल्लो तथ्यांक पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिरसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो।

पुसमा वाणिज्य बैंकहरुले ५९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पुस मसान्तसम्म ४१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

गत मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ। मंसिरमा वाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेका थिए।

IME Life
kumari