stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकद्धारा लैनचौर प्रहरीलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बागमती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेको सो बैंकले जनाएको छ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायबउपरीक्षक दुर्गाप्रसाद खनालको पनि उपस्थिति रहेको थियो। बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रदर्शनलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाका लागि सडक ब्यारीगेट हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ वटा शाखा, १५७ शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३२६ स्थानबाट १० लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बैंकको देशभर २०० वटा एटीएम सञ्चालनमा रहेका छन्।

IME Lifesidebar
kumari