citizens life insurance long ad
stcnepal long ad

पुस ३० गते सिद्धार्थ बैंकको वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकले पुस ३० गते हुने वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट पनि आयोजना गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सुझाव र बदलिँदो परिस्थितिलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट पनि सभा आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।

सेयरधनीलाई यथासम्भव भर्चुअल माध्यमबाटै सभामा सहभागी हुन बैंकले आग्रह गरेको छ ।

सभामा सहभागी हुन तथा मन्तव्य राख्न चाहने सेयरधनीले २४ घण्टा अगावै परिचयपत्र सहित बैंकलाई जानकारी गराउनु पर्नेछ । सेयरधनीलाई मिटिङको आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जानकारी गराएको छ ।

सभामा बैंकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने एजेन्डा पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन हुनेछ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभा गर्न बैंकले पुस १८ गते बुक गरिसकेको छ । पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

IME Life
kumari