citizens life insurance long ad
stcnepal long ad

एनएमबि बैंकको १५.८ प्रतिशत लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तावित कुल १५.८ प्रतिशत लाभांश अनुमोदन गरेको छ।

काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आज पुस २२ गते बिहीबार सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ। सभाद्वारा स्वीकृत बोनस सेयर जारीपश्चात बैंकको चुक्ता पुँजी रु. १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ।

बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड र निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए।

दि फिनान्सियल टाइम्स लन्डनद्वारा “Bank of The Year Asia 2021” र “Bank of The Year Nepal 2021” बाट यस बैंकलाई सम्मानित गरेको छ। उक्त अवार्ड सेयरधनीहरुले समय–समयमा बैंकलाई दिएका सुझाव एवं सल्लाह मुताबिक भएको परिणामको रुपमा लिँदै सबैप्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ। एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटीएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

IME Life
kumari