stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किरानाबाट सामान खरिद गर्दा १० प्रतिशत छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई मेरो किराना अनलाईन (merokirana.com) बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ईकमर्स साइटमा दुवै पक्षको साझेदारी बमोजिम बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनेछन् ।

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाइनेछ ।

यो योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भीडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डीजीटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जनाएका छन् ।

prabhu mahalaxmi
kumari