citizens life insurance long ad
stcnepal long ad

बाणिज्य बैकको निक्षेप ३० अर्ब र कर्जा १ अर्ब बढयो

पुस २० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३० अर्ब रुपैयाँले बढेको पाइए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकहरुमा निक्षेप बढ्दै जाँदा औसत सीडी रेसियोमा सुधार हुँदै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशत झरेको छ।

गत पुस १९ गते औसत सीडी रेसियो ९०.४५ प्रतिशत रहेकोमा पुस २० गते घटेर ८९.८२ प्रतिशतमा झरेको छ।

यो एकदिनमै बैंक तथा वित्तीय संस्थाको निक्षेप ३० अर्ब रुपैयाँले बढेको छ। गत पुस २० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३० अर्ब रुपैयाँले बढेको पाइएको छ। गत पुस १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा गत पुस २० गते बढेर ४८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।

गत पुस २० मा वाणिज्य बैंकहरुको निक्षेप पनि ३० अर्ब रुपैयाँले बढेको पाइएको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।

तर बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले मात्रै बढेको पाइएको छ। गत पुस १९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा बढेर गत पुस २० गते ४६ खर्ब १९ अर्ब रुपैयाँ पुगेको पाइएको छ।

सो दिन वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेको पाइएको छ। गत पुस १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब रुपैयाँ रहेकोमा पुस २० गतेसम्म बढेर ४१ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। अन्तरबैंक ब्याजदर भने ४.९८ प्रतिशत रहेको छ।

IME Life
kumari