citizens life insurance long ad
stcnepal long ad

एनआईबिएल समृद्वि फण्ड–१ परिपक्व

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ भोलि पुस २२ गते परिपक्व हुँदैछ। कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्था एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको यो फन्ड एउटा बन्दमुखी योजना हो।

सातवर्षे यो फन्ड २०७१ पुस २३ गतेबाट सञ्चालनमा आएको थियो। भोलि २०७८ पुस २२ गते यो फन्ड परिपक्व हुने एनआईबिएल एस क्यापिटलले जनाएको छ।

यस योजनाका १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिएको थियो। अन्तिम कारोबार मूल्यअनुसार यो फन्डको प्रतिइकाइ १२.४४ रुपैयाँ कायम भएको छ। नेप्सेमा भोलि पुस २२ गते यो योजनाको अन्तिम कारोबार हुनेछ।

यो योजना सञ्चालनमा आएयताको ६ आर्थिक वर्षमा यस योजनाका इकाइधनीहरुले कुल ९८.५ प्रतिशत प्रतिफल पाएका छन्। गत आर्थिक वर्ष २०७७/७८ मा यस योजनाका इकाइधनीहरुले सर्वाधिक ३५ प्रतिशत नगद लाभांश (प्रतिफल) पाएका थिए।

आर्थिक वर्ष २०७२/७३, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा भने क्रमशः १५ प्रतिशत, १८ प्रतिशत, १२ प्रतिशत, ६.५ प्रतिशत र १२ प्रतिशत नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए।

IME Life
kumari