citizens life insurance long ad
stcnepal long ad

सनराइज बैंकको लाभांश पारित, चुक्ता पुँजी रु. १०.११ अर्व पुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको लाभांश पारित गर्दै सनराइज बैंक लिमिटेडको १४ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित बैंककोे चुक्ता पुँजीको ६।६५ प्रतिशतका दरले हुन आउने रकम रु. ६३ करोड ९ लाख ४८ हजार ३०९.२१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०।३५प्रतिशत दरले हुन आउने रकम रु. ३ करोड ३२ लाख ७ हजार ८०५.७५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको सो बैंकले जनाएको छ।

प्रतिष्ठित व्यावसायिक घरानाहरु संस्थापक तथा कुशल व्यवस्थापक रहेको यो बैंक गत २०६४ साल असोज २५ गते स्थापना भएको थियो । बैंकको हाल चुक्ता पुँजी रु. ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९.३९ रहेकोमा यस साधारण सभाबाट पारित बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजीमा वृद्धि गरी रु। १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८.६० कायम हुन गएको छ।

यसका साथै सनराइज बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण, कृषिजन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार–व्यवसायमा संलग्न व्यापरिक घराना समेतलाई बैंकको सेवामा आबद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यलाई निरन्तरता दिँदै बैकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा एटीएममार्फत आफ्ना ८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

IME Life
kumari