लगातार सुन र चाँदीको भाउमा गिरावट
काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले आज पुस १५ गते बिहीबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा झरेको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।






















