stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज आज पुस २ गते नेपाल बैंकको ६२औं साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुस २ गते नेपाल बैंक लिमिटेडले ६२औं साधारण सभा गर्ने भएको छ । बैंकले आफ्नै प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।

IME Lifesidebar
kumari