stcnepal long ad
global ime bank long

हिमालयन बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति र स्टेसनरी प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडको कावासोती शाखाले स्थानीय शिव नमुना माविमा अध्ययनरत निम्नआय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोगस्वरुप मासिक छात्रवृत्ति तथा स्टेसनरी प्रदान गरेको जनाएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरको छ।

बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीलाई ६ महिनाको छात्रवृत्ति मासिक तथा भर्ना शुल्क तथा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीलाई स्टेसनरी सामान प्रदान गरेको जनाएको छ।

विद्यालयको वार्षिकोत्सवका अवसरमा मंसिर २९ गते आयोजित एक समारोहका बीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेसनरी सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरेका छन्।

IME Lifesidebar
kumari