citizens life insurance long ad
stcnepal long ad

ज्योति विकास बैंकको साधारण सभा पुस २३ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १४ औं वार्षिक साधारण सभा पुस २३ गते बोलाउने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको हिजो मंसिर २९ गते बसेको बैठकले वार्षिक साधारण सभा आगामी पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। सभाले चुक्ता पुँजी ५ अर्ब रुपैयाँलाई बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्ने जनाएको छ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण काम अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित हुनेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले आगामी पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Life
kumari