सिटिजन्स बैंकद्धारा ग्राहकहरूलाई प्राथमिकतामा राख्दै थप Privilege काउन्टर विस्तार
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको कालिकानगर शाखामा , प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा थप Privilege काउन्टर विस्तार गरेको छ ।
यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौं तथा कमलादी ,काठमाडौंमा रहेको Privilege काउन्टर बाट मात्र आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको थियो । साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


























