एभरेष्ट बैंकको २७ औं वार्षिक साधारण सभा पुस १ गते
काठमाडौं । एभरेष्ट बैंकको २७ औं वार्षिक साधारण सभा पुस १ गते हुने भएको छ । सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १७ गते बुक क्लोज गरेको छ । मंसिर १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।






















