citizens life insurance long ad
stcnepal long ad

सीडीएससीले ४० प्रतिशत लाभांश दिने वार्षिक साधारण सभा पुष १९ गते

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो ११ औं वार्षिक साधारण सभा पुस १९ गते बोलाएको छ। कम्पनी सञ्चालक समितिको गत मंसिर २२ गते बसेको बैठकले वार्षिक साधारण सभा आगामी पुस १९ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौंथो तलामा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ। सभाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत गरिने वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण प्रतिवेदनहरु सभाले छलफल गरी अनुमोदन गर्ने जनाएको छ।

IME Life
kumari