citizens life insurance long ad
stcnepal long ad

‘नबिल एसएसई फेलोसिप प्रोग्राम–२०२२’ मा आवेदन खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल एसएसई फेलोसिप प्रोग्राम–२०२२’ का लागि आवेदन खुला गरेको छ। त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा नबिल बैंकले यस कार्यक्रमका लागि आवेदन खुला गरेको जनाएको छ।

यो कार्यक्रमको मुख्य उद्देश्य जीविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला तथा सामुदायिक हित, ऊर्जा इत्यादि क्षेत्रमा देशभर सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने रहेको बताइएको छ।

मानव जीवन, समाज तथा वातावरणमा सकारात्मक परिवर्तन ल्यार्य दिगो विकास लक्ष्य हासिल गर्न नवीनतम सोच भएका व्यक्तिहरुलाई यस कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरिएको छ । यो फेलोसिप प्रोग्राममा १८ देखि ५० वर्ष उमेर समूहभित्रका नेपाल नागरिकले आवेदन दिन पाउने छन्।

आवेदकले आफ्नो त्रिवि दर्ता नम्बर वा त्रिविको कुनै पनि संकायमा सम्बद्धता भएको प्रमाणित हुने कागजपत्र पेस गरी आवेदन दिनुपर्ने जनाइएको छ। यो प्रोग्राममा प्रशिक्षणको भाषा अंग्रेजी र नेपाली दुवै हुने छन्। आवेदकसँग कामको सम्बन्धनमा अंग्रेजी र नेपाली दुवै भाषाको जानकारी हुनु पर्नेछ।

यद्यपि भाषा कुनै रोकावट नहुने पनि बैंकले जनाएको छ। प्रशिक्षार्थीले फेलोसिप प्रोग्रामको ६ महिना अवधिभर प्रत्येक महिना न्यूनतम ३ देखि ४ दिन उपस्थित हुने प्रतिबद्धता जनाउनु पर्नेछ। यसका साथै प्रशिक्षण सम्पन्न गर्न न्यूनतम ९० प्रतिशत हाजिरी अनिवार्य हुनु पर्नेछ।

प्रशिक्षार्थीले फेलोसिपमा भाग लिन आउँदा लाग्ने सम्पूर्ण यातायात खर्च आवेदक स्वयंले व्यहोर्नु पर्ने जनाएको छ। फेलोसिपमा सहभागी हुने प्रशिक्षार्थीलाई बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ।

आवेदकले आफूले समाधान गर्न चाहेको सामाजिक समस्या र चुनौतीको निश्चित रुपमा पहिचान गरेको हुनुपर्ने छ। आवेदकसँग उक्त पहिचान गरिएको समस्या समाधान गर्नुपर्ने खाकासमेत हुनुपर्ने जनाएको छ।

यो फेलोसिभ प्रोग्राममा आवेदन नबिल बैंकको वेबसाइटwww.nabilbank.com मा उपलब्ध रहेको छ। आवेदन पेस गर्ने अन्तिम मिति आउँदो पुस ९ गते मध्यरात २३ः५९ बजेसम्म तोकिएको छ । आवेदन समीक्षा चरणमा योग्य ठहरिएमा आवेदकलाई अन्तर्वार्ताका लागि बोलाइने जनाएको छ ।

आवेदकले अन्तर्वार्ता समिति समक्ष आफ्ना विचार र समाधानका उपाय राख्नुपर्ने छ। अन्तर्वार्ताबाट छनोट भएका आवेदकहरुलाई मात्रै यो फेलोसिप प्रोग्राममा प्रशिक्षणका लागि बोलाइने बैंकले जनाएको छ।

IME Life
kumari