citizens life insurance long ad
stcnepal long ad

परम्परागत ठेक्काप्रथाबाट देश विकास सम्भव छैन : अर्थ मन्त्री शर्मा

Nimb long ad
Prabhu Insurance Long Ad

सुर्खेत। अर्थ मन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटी अपनाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्काप्रथाबाट देश विकास सम्भव नरहेकोले नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकता औँल्याउएका हुन्।

‘अहिलेको ठेक्काप्रथाबाट देशको विकास सम्भव छैन, समुदायमार्फत विकास गर्ने मोडालिटीमा जानुपर्छ’, उनले भने, ‘सरकारले समुदायलाई पैसा दिने, सरकारले अनुगमन र अडिट गर्ने मोडालिटीमा गयो भने तीव्रगतिमा विकास हुन्छ। यसबारे बहस सुरु गरेको छु।’

निश्चित मोडालिटी र मापदण्ड बनाएर हरेक वडा र पालिकाका समुदायलाई पैसा दिने र उनीहरुको सहभागितामा विकास गर्ने मोडालिटीबाट विकासको रफ्तारले तीव्रता पाउने विश्वास शर्माले व्यक्त गरेका छन।

शर्माले कर्णाली प्रदेशबाट समाजवादको आधार तयार गर्नेगरी काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन। कर्णाली प्रदेशका ८५ हजार पार्टी सदस्यहरु सबै उत्पादनको कार्यमा जोडिने र कोही पनि व्यक्ति अभावमा बाँच्नु नपर्ने गरी आत्मनिर्भरताको योजना बनाउन अगुवा कार्यकर्ताहरुलाई उनले आग्रह गरेका छन।

‘पार्टीका कार्यकर्ता र सदस्यहरु खान लाउन नपाई रुँदै हिँडेर समाजवाद आउँदैन, हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर हुनुपर्छ’, उनले भने, ‘आत्मनिर्भर कार्यकर्ता भयो भनेमात्र समाजवादी क्रान्तिमा योगदान गर्नसक्छ।’

यस्तै पार्टीका हरेक कमिटीहरुले उत्पादन इकाइ बनाएर आर्थिक उपार्जनको कार्यमा लाग्नुपर्नेमा मन्त्री शर्माले जोड दिएका छन। आफूले २०६३ सालमै उत्पादन अभियान चलाउन आव्हान गर्दा त्यतिखेर कतिपयले खिसिट्यूरी गर्ने गरेको स्मरण गर्दै उनले भने, ‘आज आएर पार्टीले सोही लाइन लिएकोमा खुसी लागेको छ, अब यो लाइन राष्ट्रिय सम्मेलनबाट पारित हुन्छ।’

IME Life
kumari