citizens life insurance long ad
stcnepal long ad

आजसम्म कायम सेयरधनीले लुम्बिनी विकास बैंकको लाभांश पाउने

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । लुम्बिनी विकास बैंक लि.को आर्थिक वर्ष २०७७/७८ को लाभांश सुरक्षित गर्ने आज मंसिर २६ गते अन्तिम दिन हाे।
लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले भोलि मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश बैंकको आउँदो पुस ९ गते हुने १४ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
IME Life
kumari