citizens life insurance long ad
stcnepal long ad

एनएमबी लघुवित्तको सभा पुस २६ मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा बाेलाएको छ। संस्थाको हिजाे बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आगामी पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुने जनाएकाे छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २२.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २१.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश रहेका छन्।

बोनस सेयर जारीपछि संस्थाको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने जनाएकाे छ।

अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था आपसमा मर्जर वा प्राप्ति प्रयोजनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेका पदाधिकारीलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गरिनेछ। लाभांश र सभा प्रयोजनका लागि संस्थाले आगामी पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।

IME Life
kumari