stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईबिएल एस क्यापिटलले सञ्चालनमा ल्यायो च्याटबोट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा सञ्चालन गरेको छ ।
समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले जनाएको छ।

यस च्याटबोट सेवाबाट ग्राहकले कम्पनीको सेवाहरुका बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिनै सेवा लिन सहज हुन सक्ने कुरामा क्यापिटल विश्वस्त रहेको जनाएको छ।

परिस्कृत सेवासुविधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवासुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ।

(खुलामुखी योजना) का इकाइहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो सेयर दर्ता गर्ने सेवासमेत सुचारु गरिसकेको छ।

 

prabhu mahalaxmi
kumari