stcnepal long ad
ime life insurance
global ime bank long

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले पद तथा गोपनीयता सपथ ग्रहण गरेका छन्।

बैंक सञ्चालक समितिको ३६२ औं बैठकबाट अध्यक्षमा नियुक्त पाण्डेलाई सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका छन्।

अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखी कार्य गर्ने प्रतिबद्घता व्यक्त गरेका छन्।

बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउँदै लैजाने उल्लेख गर्दै पाण्डेले यसका साथै डिजिटाइजेसनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भइसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखेका छन।

बैंकका सबै सरोकारवालाको हित हुने गरी सम्मानजनक मर्जरका लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरका लागि खुला रहेको अध्यक्ष पाण्डले बताएका छन।

prabhu mahalaxmi
kumari