stcnepal long ad
ime life insurance
global ime bank long

कुमारी बैंककाे फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दिनानुदिन रुपमा आवश्यक भइ रहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्देश्यले गत वर्षदेखि फोनलोन सुविधा सञ्चालनमा ल्याएको थियो।

यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनका लागी कुमारी बैंकले नेपालमै पहिलो पटक एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन ईएमआई सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ।

कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट कुनै धितो वा कागजी प्रक्रिया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

उक्त कर्जा आयस्रोतका आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सक्ने छन्। सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ति गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले व्यक्त गरेका छन्।

यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी सोको ‘बाई नाउ, पे लेटर’ अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने जनाएकाे छ।

यस प्रविधिले क्यूआर भुक्तनीमा नयाँ आयाम थप्ने तथा विदेशमा जस्तै नेपालमा पनि बीएनपीएल लोकप्रिय हुनसक्ने धारणा एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले व्यक्त गरेका छन्।

आगामी दिनमा यस फोनेलोअनलाई अझ विस्तारित र विकसित गर्दै लगिने कुरा कुमारी बैंकका चिफ डिजिटल बैंकिङ अनिष ताम्राकारले व्यक्त गरेका छन्। आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७७ एटीएम, ३६ शाखारहित बैंकिङ इकाइ तथा १४ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

 

 

prabhu mahalaxmi
kumari