citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल बैंकको पुस २ गते साधारण सभा 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल बैंकले १७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २ गते साधारण सभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा लैजाने छ ।

सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज हुनेछ । मंसिर २० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

himalayan life insurance
igi long