नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लाभांश सुरक्षित गर्ने आज मंसिर ८ गते बुधबार अन्तिम दिन हो । साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले बिहीबार मंसिर ९ गतेदेखि बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
गत वर्षको नाफाबाट यसले ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५०प्रतिशत नगद लाभांश वितरण गर्दैछ । निफ्राले लाभांश पारित गर्न मंसिर २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
निफ्राको साधारण सभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे बस्नेछ ।