stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकलाई चिरायु हस्पिटलमा २० प्रतिशत छुट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६

काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा  ग्राहकले चिरायु हस्पिटलमा १५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धि बैंक र काठमाडौँको बसुन्धारा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा. लि. बीच सम्झौता भएको छ ।

सम्झौता पश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिशतसम्मको छुट पाउने छन् । साथै, बैंकका ग्राहकहरुले सेवा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने छन् ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुन् ।

हाल बैंकले १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

kumari bank
kumari
nawakantipur long