stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा सम्पन्न,१४ प्रतिशत लाभांश पारित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश स्वीकृत भएको छ । बैंकको २३ ‌औं साधरणसभाले उक्त लाभांश स्वीकृत भएको हो ।.सभाले ०.७० प्रतिशत नगद लाभांश र १३.३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७/०७८को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलाततथा सोहि मितिमा समाप्तभएको आर्थिक बर्ष २०७७/०७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ । साथै, संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरिएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी१७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित छ । माछापुच्छ्रे बैंक आफ्ना १६२ वटा शाखाहरु लगायत १५४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३१६ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फतहरुलाई सेवा प्रदान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari