सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुक्तिनाथ मन्दिरलाई डोनसन बक्स
आर्थिक सञ्जाल । सोमबार,१० चैत्र २०७६
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गण्डकी प्रदेश मुस्ताङ् जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ । उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनका लागि बक्स हस्तान्तरण गरेको हो ।
बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली र मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याल हस्तान्त्तरण गरेका थिए । बैंकका देशभर रहेका ९१ शाखा कार्यालयहरु रहेको बैंकले दावी गरेको छ ।