sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

प्रभु बैंकद्वारा १२.६३ प्रतिशत लाभांश प्रस्ताव

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ३४ करोड ७० लाख ५७ हजारको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले यस वर्ष गत वर्षभन्दा बढाएर लाभांश प्रस्ताव गरेको हो । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि बैंकले शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

gold
kumari bank
nawakantipur long