citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकले १२ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले १२ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी सरद कुमार नेपालको नाममा रहेको १२ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, पुतलीसडक, काठमाडौंको शेयर विभागमा निवेदन पेश गर्न आग्रह गरेको छ । निवेदन पेश गर्दा आफूले खरीद गर्न चाहेको मूल्य र शेयर संख्या खुलाउनु पर्नेछ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

IME Life
kumari