सिभिल बैंकको नाफा २०१.८८ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिभिल बैंकको नाफा लगायत प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ । यस अवधिमा खुद नाफा २०१.८८ प्रतिशत ले बढेर २९ करोड १८ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ४२.८२ प्रतिशत ले बढेर ७१ करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन नाफा २०८.४७ प्रतिशत ले बढेर ४२ करोड ६४ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १३ करोड ८२ लाख ३१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसाले बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८३ पैसा थियो । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा छ ।