citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सामलिङ पावरको आइपीओ बाँडफाँट

रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज मंगलबार सामलिङ पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।  ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथा मार्फत सेयर बाँडफाँट गरिएको छ ।

यसमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

सामलिङले कात्तिक ४ गतेदेखि ८ गतेसम्म कुल ७ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये २५ अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५५ अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डका लागि छुट्याएर बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो ।

आइपीओको नतिजा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र निष्कासनकर्ता कम्पनी सामलिङ पावरको वेबसाइटबाट हेर्न सकिनेछ ।

himalayan life insurance
igi long