sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आज कार्तिक १४ गते सानिमा बैंकको साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।आज कार्तिक १४ गते सानिमा बैंकको साधारण सभा हुने भएको छ । सभा असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको होे । बैंकले आम्रपालि ब्यांकेट बालुवाटारमा साधारण सभा गर्ने निर्णय गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश कार्तिक ६ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने भएका छन् । साधारणसभा प्रयोजनका लागि कार्तिक ७ गते एक दिन बुक क्लोज हुनेछ । बुक क्लोजको अघिल्लो दिन अर्थात कार्तिक ६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकले प्रस्ताव गरेको १७ प्रतिशत बोनश शेयर बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाइसकेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।

प्रस्तावित बोनश शेयर वितरण पछि भने चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

prabhu bank
nawakantipur long