stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कृषि विकास बैंकको मुनाफा बढयो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रथम त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकले ४६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा पनि २।१२ प्रतिशतले बढेर ६२ करोड ४८ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा बैंकको सञ्चालन मुनाफा ६१ करोड १८ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

यसैगरि प्रथम त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २७.२९ प्रतिशतले बढेको छ। गत वर्ष १ अर्ब ३६ करोड खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ७३ करोड रुपैयाँ भएको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। बैंकको रिजर्भको आकार ०.३ प्रतिशतले बढेर ११ अर्ब ८३ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ११ अर्ब ५८ करोड रुपैयाँ रहेको जनाइएको छ।

चुक्ता पुँजी १६ अर्ब ४२ करोड रुपैयाँ रहेको यश बैंकले खराब कर्जा (एनपीएल) २०८ प्रतिशतमा झार्न सफल भएको जनाएको छ। गत वर्ष यही अवधिमा बैंकको एनपीएल २.३७ प्रतिशत रहेको थियो। सीडी रेसियो ८८.८९ प्रतिशत रहेको बैंकको आधार दर ७.१२ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १४.७० रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस १३.८३ रुपैयाँ रहेको थियो। पीई रेसियो ३४.५५ गुणा रहेको बैंकको प्रतिसेयर खुद मूल्य २४०.२० रुपैयाँ रहेको बैंकले जनाएको छ।

 

prabhu mahalaxmi
kumari