citizens life insurance long ad
stcnepal long ad

सनराइज क्यापिटलको साधारणसभा बाट ४०प्रतिशत नगद लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारणसभा कम्पनीको काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा आज सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ।

यसका साथै सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापुँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ८ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल सेयर रजिस्ट्रार, सेयर अन्डरराइटिङ, म्युचुअल फन्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको कार्यसमेत सक्रिय रुपमा सञ्चालन गर्दै आमलगानीकर्तालाई सु्दृढ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ।

क्यापिटलले हाल सनराइज म्युचुअल फन्डअन्तर्गत सनराइज फर्स्ट म्युुचुअल फन्ड तथा सनराइज ब्लुचिप फन्ड योजनाहरु सञ्चालन गर्दै आइरहेकोे छ। सनराइज फर्स्ट म्युुचुअल फन्ड योजनाले आ.व. २०७७/०७८ को मुनाफाबाट इकाइधनीलाई ५० प्रतिशत (कर सहित)(प्रतिफल वितरण गरिसकेको छ।

यसका साथै निकट भविष्यमा यस कम्पनीले सनराइज फोकस्ड इक्विटी फन्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने प्रक्रियामा रहेको छ। सनराइज क्यापिटलले आगामी वर्षहरुमा मर्चेन्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरु सर्वसुलभ तथा गुणस्तरीय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनीतिक रुपमा अगाडि बढाउँदै लगिने जनाएको छ।

IME Life
kumari