stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मरिच,केराउ र सुपारी आयात प्रतिबन्ध हटयो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । राष्ट्र बैंकले आज एक सूचना मार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देज समेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको जनाएको छ।

केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आ।व।का लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात व्यवस्था गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिएका छन् ।

यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालु आ.व.का लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ । छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आ।व।का लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ । सोही अनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिँदै बैंकले सोही अनुसार विदेशी मुद्राको सटही सुविधा दिने भएको छ । बीउ विजन ऐन, २०४५ ले नेपालमा सूचिकृत एवं दर्ता भएका बीउविजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ ।

prabhu mahalaxmi
kumari