citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सांग्रिला डेभलपमेन्ट बैंकको ९९औं शाखा भुरिगाउँमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै कात्तिक ११ गते भुरिगाउँमा शाखा सञ्चालनमा ल्याएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँ, बर्दियामा भुरिगाउँ शाखा संचालनमा ल्याएको हो । भुरिगाउँ शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यस सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९९ पुगेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत बैंकले जनाएको छ ।

himalayan life insurance
igi long