stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकका २४ वटा डिजिटल बैंकिङ्गका सेवाहरू निःशुल्क

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, ८ चैत्र २०७६

काठमाडौं ।  एनआईसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । विश्वभरि नै तिब्र रुपमा फैलिरहेको कोरोना भाइरस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भिडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ ।

नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न सुझाव दिएको छ । घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने  भुक्तानीका सेवाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि निशुल्क प्रदान गर्ने जनाएको  छ।

एनआइसीका यी सेवा निशुल्क 

 

IME Lifesidebar
kumari