sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल एसबिआई बैंकको अध्यक्षमा राजीव अरोरा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंकको अध्यक्षमा राजीव अरोरा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक अरोरालाई अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ।

अरोरा एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकका रूपमा कार्यरत रही एसबिआई समूहको रणनीति, व्यवसाय प्रवर्द्धन, सञ्चालन प्रभावकारिता तथा समूहको अन्य मामिला हेर्छन्।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त अध्यक्ष अरोरालाई हिजो नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गर्भनर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एसबिआई भारतका मुख्य महाप्रबन्धक बी.आर.एस. सत्यनारायण, बैंकका सञ्चालकहरु रजय कुमार सिन्हा, बालकृष्ण श्रेष्ठ, विमला सुवेदी एवं बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, एसबिआई भारतका उपमहाप्रबन्धक बी.एन. रथ, नायब सीईओ तथा प्रमुख वित्तीय अधिकृत म. रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, सल्लाहकार–नयाँ व्यवसाय प्रवर्द्धन छपीराज पन्त तथा बैंकका कम्पनी सचिव श्रीधर अधिकारी लगायतको उपस्थिति थियो।

prabhu bank
nawakantipur long