stcnepal long ad
global ime bank long

सिभिल बैंकको नयाँ शाखा अत्तरखेलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं । सिभिल बैंक लिमिटेडलेले  काठमाडौंको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रुपमा गरेका हुन् ।

नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सुचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाडौंलाई विद्यालयको ई-लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा रामजानकी आधारभुत विद्यालय, नयॉपाटी, काठमाडाैंका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरियो । सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरेका छन् ।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

बैंकले हाल ११३ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari